अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

युक्रेनमा जारी संकटबार राष्ट्रसंघमा छलफल गर्न अमेरिकाको आग्रह

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:३५ मा प्रकाशित

युक्रेनमा जारी संकट समाधनका विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । रसियाले समस्या समाधनका लागि आशावादी रहेको प्रतिक्रिया दिएलगत्तै अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलका लागि आग्रह गरेको हो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले एक विज्ञप्ति जारी गरेर बाइडेन प्रशासनले युक्रेनप्रति रुसको धम्कीपूर्ण व्यवहारका विषयमा राष्ट्रसंघमा छलफल गर्न चाहेको बताउनु भएको छ ।

रसियाले युक्रेनसँगको सीमा नजिकै दसौं हजार सेना तैनाथ गरेसँगै रुस र पश्चितमा मुलुकहरुबीचको सम्बन्ध बिग्रिएको हो । रसियाले युक्रनको सीमा नजिकै तैनाथ अवस्थामा राखेका सेनाको संख्या पनि बढाएको समाचारमा जनाइएको छ । यसघि हतियारसहित रसियाले सीमा नजिकै एक लाख सेना तैनाथ अवस्थामा राखेको थियो ।

यता अमेरिकाले रसियाले युरोप पठाएको ग्यास पाईपलाईन बन्द गर्ने चेतावनी दिएको छ । समस्या समाधानका लागि तयार नभए रसिया र राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रुपमै प्रतिबन्ध लगाउने अमेरिकाले यसअघि नै चेतावनी दिएको छ । यस्तै अन्य पश्चिमा मुलुकहरु पनि रुसमाथि प्रतिबन्ध लगाउने अमेरिकाको प्रस्तावमा सहमत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू