अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

जोर्डन सेना र तस्करबीच गोलाबारी हुँदा २७ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:२९ मा प्रकाशित

जोर्डनमा सेना र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा २७ जनाको मृत्यु भएको छ । सिरियाबाट आएका लागुऔषध तस्कर नियन्त्रणका लागि सेनाले जवाफी कारवाही गर्दा ती तस्करको मृत्यु भएको हो । सेनाले भारी हिमपातमा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

लागूऔषधको तस्करी वा जोर्डनको सीमामा प्रवेश गर्ने कुनै पनि प्रयासलाई विफल पार्ने सेनाले यस अघिदेखि नै बताउँदै आएको छ । गोलीबारी भएपछि ती तस्करमध्ये केही सिरियातर्फ भागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनापछि सो क्षेत्रमा ठूलो मात्रामा लागूऔषध फेला पारेको सेनाले दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू