अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

दक्षिण अफ्रिकी मुलुकहरुमा आएको आँधीबाट ७० बढीकाे मृत्यु, १० हजार घरमा पूर्ण क्षति

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:१५ मा प्रकाशित

दक्षिण अफ्रिकी मुलुकहरुमा आएको आँधीबाट ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा केही दिनअघि उष्ण तटबन्धीय आँधी एना आएको थियो ।आँधीसँगै मुसलधारे पानीसमेत परेको थियो । जसका कारण दक्षिण अफ्रिकी मुलुक मोजाम्बिक, मलावी, मदागस्कर, जिम्वाबेका मानिसहरुको मृत्यु भएको छ ।

मेडागास्करमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ र १ लाख ३० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । मलावीमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, मोजाम्बिकमा १८ जनाको मृत्यु भएको छ । तर, त्यहाँका अधिकारीहरूले बाढीबाट २० हजार प्रभावित भएकाले वास्तविक संख्या अझै अज्ञात रहेको बताएका छन् । देशभर विद्युत आपुर्ती बन्द भएको छ भने केही क्षेत्रहरूलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ ।

आँधीका कारण मोजाम्बिकमा मात्र विद्यालय, अस्पतालसहित अन्य १० हजार घरहरु पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् भने करिब २ लाखभन्दा बढी मानिस विस्थापित भएको बिबिसीले जनाएको छ । आँधीपछि स्थानीय सरकार र उद्वारकर्मीहरुले उद्वारकार्य जारी राखेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू