अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

पछिल्लाे २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टि, १० संक्रमितकाे मृत्यु

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:०७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १९ हजार ८६९ वटा नमुना परीक्षण गरिएकाेमा ६ हजार ८२७ जनामा काेराेना पुष्टि भएकाे हाे ।

मन्त्रालयका अनुसार साेही अवधिमा १० संक्रमितकाे मृत्यु भएको छ । कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या ५ हजार ४३२ जना रहेको  जनाएकाे छ। हाल  देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू