अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत छैन : गगन थापा

बिआरटीनेपाल २०७८ माघ १४ गते ६:४९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावकाे सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताउनुभयो ।

कानुन संशोधन गरेर चुनाव गरे संविधानसम्मत नहुने भन्दै उहाँले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले याे कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले याे कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो । भाेलि शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको चुनाव तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू