अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

भिजिट भिसाबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति गठन

बिआरटीनेपाल २०७८ माघ १३ गते ७:३३ मा प्रकाशित

गृह मन्त्रालयले भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनाएको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन भएको हो।  मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै समिति गठन भएको जानकारी दिएको हो।

समितिलाई भिसा उपलब्ध गराउन मापदण्ड बनाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवगमन सहजीकरण, अध्यागमन प्रणाली सुधार अन्तर्राष्ट्रिय उडान तालिका सुधार, ट्रान्जिटमा यात्रुहरूको व्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।  त्यस्तै, श्रमिकहरू विदेशमा रहँदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा पनि सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू