अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७८ माघ १३ गते ७:१८ मा प्रकाशित

नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९३ हजार ५०० रुपैया कायम भएको छ । सुन बुधबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको बिहीबारको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।

त्यस्तै चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया