अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

शेयर बजारमा सामान्य सुधार

बिआरटीनेपाल २०७८ माघ १३ गते ७:०७ मा प्रकाशित

चार दिनसम्म लगातार घटेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।आज निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहको शेयर १४, जलविद्युतको पाँच, उत्पादनको २५ र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ ।

आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भयो । विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू