अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

बिआरटीनेपाल २०७८ माघ १३ गते ६:५४ मा प्रकाशित

त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । हिजो बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू