अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

”मरिसससँगको खेल जिते त्यसको श्रेय खेलाडीलाई जान्छ, हारे म जिम्मेवार हुन्छु ”- प्रशिक्षकअलमुताइरी

बिआरटीनेपाल २०७८ माघ १३ गते ६:४५ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको हो ।

नेपालले पहिलो पटक अफ्रिकी देश मरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिवार र मङ्गलवार हुनेछ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले नेपाली टोलीको घोषणासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा रहेका ३४ खेलाडी नै छनोटमा परेका छन् ।

किरणकुमार लिम्बूले कप्तानीको भूमिका निर्वाह गर्नुहुने छ । माल्दिभसमा व्यावसायिक फुटबल खेलिरहेका किरण मरिससविरुद्धको दुई मैत्रपूर्ण खेल खेल्नका लागि नेपाल आउनुभएको छ ।। प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश भएका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने निर्णय गर्नुभएको छ । उहाँले नतिजाभन्दा पनि खेलाडीलाई अनुभव दिनु आफ्नो मुख्य लक्ष्य रहेको यसअघि बताउनुभएको थियो ।

प्रतिक्रिया