अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

कोरोना सङ्क्रमणबाट थप १५ जनाको ज्यान गयो, ८ हजार १७ सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ माघ १३ गते ६:३५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ५ हजार २ सय ९२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ३७ हजार चार पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५ सय ७६ रहेको छ ।

यसैबीच २४ घण्टामा ५ लाख ५४ हजार पाँच सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा खोपको ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा लगाइएको छ । जसमध्ये १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले कम्तीमा एक मात्रा र १ करोड ३७ लाख ३४ हजार ३ सय ९० जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू