अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने जनमत पार्टीका ७ जना पक्राउ, मुद्दा चलाउने तयारी

बिआरटीनेपाल २०७८ माघ १२ गते ७:२८ मा प्रकाशित

मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने जनमत पार्टीका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। बुधवार जनकपुरधामको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको छ । जनमतका कार्यकर्ताहरुले बाँसको भाँटा सहित मतदन स्थल प्रवेश गर्न खोज्दा झडप भएको हो ।

मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ७ वटा गाडीमा तोडफोड भएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले पक्राउ परेका सातैजना विरुद्ध मुद्दा चलाइने बताउनुभएको छ ।

झडपको क्रममा प्रहरी तर्फ चारजना समेत घाइते भएको छन् । धनुषा प्रहरीले भने आन्दोलनकारी तर्फ कतिजना घाइते भएको अहिले जानकारी नभएको जनाएको छ । आन्दोलनकारीहरुले प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख सवार गाडीमा मात्र नभई चिकित्सकको गाडीमा समेत तोडफोड गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू