अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

गण्डकीमा ७८० जना कोरोना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ माघ १२ गते ७:२७ मा प्रकाशित

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७८० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पिसिआर तथा ३७९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उनका अनुसार थपिनेमा कास्कीका ३८५, स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना छन् । यस अवधिमा २१३ जना निको भएका छन् । प्रदेशमा होम आइसोलेसनमा रहनेको सङ्ख्या छ हजार ९३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू