अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

सुदूरपश्चिममा पनि राष्ट्रिय सभाका तीनै सदस्य सत्तारूढ गठबन्धनको पोल्टामा

बिआरटीनेपाल २०७८ माघ १२ गते ७:१९ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा भएको तीन राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनले बाजी मारेको छ। बुधबार साँझ आएको मत परिणाममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार विजयी भएका हुन्।

खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका नारायण दत्त मिश्र विजयी हुनुभएको छ । उहाँले प्रदेश सभा सदस्यबाट ५२ मत खसेकोमा ३९ मत प्राप्त गर्नुभयो। यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा उनले १०४ मत पाउनुभयो। उहाँको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ छ।

महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएको छ । शाहले ३८६४ मतभार ल्याउनुभयो । दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी हुनुभएको छ । पार्कीले प्रदेश सभा सदस्यका तर्फबाट ५२ मत खसेकोमा ३९ मत पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू