अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

बिआरटीनेपाल २०७८ माघ १२ गते ७:०९ मा प्रकाशित

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ । ४२ बर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो । यसैबीच वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औंल्याएका छन् ।

त्यहाँको अधिकतम तापक्रम औसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने गरिएकोमा हिमपातसँगै तापमान माइनस २ डिग्रीमा झरेको छ । हिमपातसँगै यस मरुभुमिको क्षेत्रफल पनि १० प्रतिशतले बढेकाले यसको आसपासका क्षेत्रमा खडेरी हुने सम्भावना रहेको वैज्ञानिकको दावी छ ।

यो मरुभूमि अल्जेरिया, चाड, इजिप्ट, लिबिया, माली, माँरिटानिया, मोरक्को, नाइजर, पश्चिमी सहारा, सुडान र टुयुनिशिया गरी ११ देशमा फैलिएको छ । जमीनबाट १ सय ० मिटर उचाइमा रहेको सहारा मरुभूमिमा जलवायु परिवर्तनका कारण हिमपात भएको अनुमान गरिएको छ ।

वर्ल्ड इकोनोमिक फोरमका अनुसार ग्यास उत्सर्जनमा कमी ल्याए मात्रै हिमपात रोकिन सक्ने सम्भावना रहेको बताईएको छ । विश्वकै गर्मी हुने मरुभूमिको रुपमा चित्रण गरिएको यस मरुभूमिमा यसअघि सन् १०७९, २०१६, २०१८, र २०२१ मा पनि हिमपात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू