अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

फाइजर र बायोएनटेकले गरे खोपको प्रतिरोधात्मक क्लिनिकल परीक्षण

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:५६ मा प्रकाशित

कोरोना बिरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन–विशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेका छन्  । फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको जानकारी दिनुभएको छ ।

कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्यांकले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि भइसकेको छ ।यद्यपि यसबाट आउनसक्ने दीर्घकालीन असरबारे सावधानी साथ अध्ययन भइरहेका छन् ।

जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले भने हल्का र मध्यम कोभिडविरुद्ध लड्न बनाइएको पूरानो खोपको सुरक्षाले अपेक्षित रूपमा काम नगरेको जानकारी दिनुभयो । यस विषयमा १८–५५ वर्षका एक हजार ४ सय २० व्यक्तिहरूमा तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी रहेको बताइएको छ । फाइजरका प्रवक्ताले यसमा ५५ वर्षभन्दा बढी उमेरका मानिसहरू समावेश गरिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू