अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

स्थानीय तहकाे चुनाव ६ महिना पछि धकेल्न सकिन्छ : मन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:५० मा प्रकाशित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ ।

आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको चुनाव महिना पछि धकेल्न सकिने बताउनुभएको हो । जनप्रतिनिधिले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरूको माग अघि नै स्थानीय तहको चुनावकाे मिति घोषणा गर्न नमिल्ने तर्कसमेत उहाँले गर्नुभयो । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो चुनावकाे मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै चुनावकाे मिति निर्धारण गर्दा सबैलाई मिल्ने उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्रीले तोकेकै मितिमा चुनाव हुने उहाँले दाबी गर्नुभयो । उहाँले कतिपय व्यक्तिले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भए पनि गठबन्धन नफुट्ने दाबी गर्नुभयो । चुनावअघि वा चुनाव पछिसम्म नै कुनै न कुनै रूपको गठबन्धन कायमै रहने उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले जुनसुकै समयमा चुनाव गरे पनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरूको दुई तिहाइ बहुमत आउने दाबीसमेत गर्नुभयो । गठबन्धनका लागि जुनसुकै समयमा चुनाव गरे पनि प्रतिकूलता नरहेको उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू