अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका शेर्पा विजयी

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:४० मा प्रकाशित

राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ ।

गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण पराजय हुनुभएको छ ।

शेर्पाले चार हजार सात सय ५२ मतभार र राईले चार हजार ३ सय ६८ मतभार प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू