अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार विजयी

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:३४ मा प्रकाशित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ ।

निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी भएका हुन् । तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्य र २१३ स्थानीय तहका मतदाताले भोट खसालेका थिए । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू