अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:२९ मा प्रकाशित

सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आज बुधवार परमादेश जारी गरेको हो ।

आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो । तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न लोक सेवा आयोगलाई भनिएको छ ।

यस्तै सर्वोच्च अदालतले समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा ल्याउन नमिल्ने फैसला गरेको छ । समायोजन भएर प्रदेश र पालिकामा गएका शाखा अधिकृतहरूको तर्फबाट दायर भएको रिट खारेज गर्दै सर्वोच्चले उनीहरूको वृति विकासका लागि थप प्रबन्ध गर्न पनि सरकारलाई आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू