अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

अफ्रिका कप अफ नेशन्स फुटबल- क्यामरुन र गाम्बिया क्वाटरफाइनलमा, रंगशाला बाहिर भागदौड मच्चिँदा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ ११ गते ७:२४ मा प्रकाशित

आयोजक क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा कोमोरसलाई २–१ ले हराउँदै क्यामरुन क्वाटरफाइनलमा पुगेको हो । खेलमा क्यामरुनलाई विजयी गराउन टोको इकाम्बी र अबुबाकरले एक एक गोल गरे । पहिलो पटक अफ्रिका कप खेलिरहेको कोमोरसका लागि चंगामाले एक गोल फर्काए ।

गएराति भएको अर्को खेलमा गिनीलाई १–० ले हराउँदै गाम्बिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो । गाम्बियालाई अफ्रिका कपको पहिलो सहभागितामै क्वाटरफाइनलमा पुर्‍याउन मुसा ब्यारोले निर्णायक गोल गरे । अफ्रिका कप फुटबलमा आज राति राउण्ड अफ सिक्सटिनका दुई खेल हुनेछन् । आज सेनेगल र केप भर्डे भिड्दा मोरक्कोले मलावीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच, अफ्रिका कप फुटबल चलिरहेको रंगशाला बाहिर भागदौड हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डे नजिक रहेको पउल बिया रंगशालामा क्यामरुन र कोमोरसको फुटबल खेल हेर्न पुगेका दर्शकहरुबीच भागदौड मच्चिएको हो । सो क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको तथा केही घाइते भएको क्यामरुनका मध्य प्रदेशका गभर्नर नासेरी पउल बियाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू