अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

बिआरटीनेपाल २०७८ माघ ११ गते ७:०७ मा प्रकाशित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मातहतका सबै परीक्षा स्थगित गरेको छ । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले आज मङ्गलवार सूचना निकाल्दै कोरोना भाइरस सङ्क्रमणका कारण आफ्नाे मातहत अन्तर्गतका सबै परीक्षा स्थगित गरेको जनाएको हो ।

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले परिषद्काे आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सीटीईभीटीले यही माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले यही माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा १० दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने परिषद्काे तयारी रहेको उपनियन्त्रक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू