अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

अफ्रिकी मुलुक मुलुक बुर्किना फासोमा सेनाद्वारा सत्ता कब्जा, राष्ट्रपतिको अवस्था अज्ञात

बिआरटीनेपाल २०७८ माघ ११ गते ६:३५ मा प्रकाशित

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ । बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ । सेनाका एक उच्च अधिकारीले टेलिभिजनमार्फत सन्देश दिँदै देशको सुरक्षा अवस्था बिग्रंदै गएको भन्दै सत्ता लिएको जनाएको हो ।

बुर्किना फासोमा पछिल्लो समय इस्लामबादी विद्रोहीलाई संरक्षण दिएको आरोप लगाउँदै देशमा अशान्ति सिर्जना गरेको सेनाको दाबी छ । यद्दपी राष्ट्रपति रोज पक्राउ परे वा सुरक्षित स्थानमा छ भन्ने बारेमा कुनै स्पष्ट पारिएको छैन ।राष्ट्रपतिले देशको सुरक्षा संकटसँग जुध्न पूरै असफल भएको र राष्ट्रलाई एकताबद्ध गर्न भूमिका निर्वाह नगरेको आरोप लगाउँदै अब राष्ट्रको हितका लागि सेनाले थप कदम चाल्ने दावी समेत गरेको छ ।

सेनाले सत्ता हातमा लिनु अघि राजधानी ओउगाडौगुमामा रहेको केही ब्यारेकहरु कब्जा गर्दा बन्दुकको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बुर्किना फासोमा सन् २०१५ मा सेनाले कुको प्रयास गर्दा विद्रोह गरेका सेनाहरु राखिएको उक्त ब्यारेक कब्जा गर्दै सेनाले सत्ता हत्याएको समाचारमा जनाइएको छ ।बुर्किना फासोका सत्तारुढ पीपुल्स मुभमेन्ट फर प्रोग्रस पार्टीले भने सेनाले राष्ट्रपतिका विषयमा र केही मन्त्रीहरुको हत्या प्रयास गरेको दावी गरिरहँदा सेनाले भने सो दावीको खण्डन गरेको छ ।

यता सेनाको विरुद्धमा रहेका विद्रोही सेनाहरुले भने बर्तमान सेना प्रमुखलाई बर्खास्त गर्न इस्लामिक अतिवादी समुह अलकायदाका लडाकुसँग गुहार मागेको बुझिएको छ । राष्ट्रपति काबोरे सन् २०१५ मा बुर्किना फासोको राष्ट्रपति बन्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू