अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

नेपालमा थप १६ लाख ६० हजार डोज मोडर्ना खोप ल्याईयो, २३ लाख डोज आउने क्रममा

बिआरटीनेपाल २०७८ माघ १० गते ६:३७ मा प्रकाशित

नेपालले कोभिड(१९ विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले उक्त परिमाणको खोप सोमबार काठमाडौं आइपुगेको जनाएको छ । मंगलबार थप २३ लाख ४० हजार डोज खोप आइपुग्ने विभागले जनाएको छ ।

सरकारले विश्व बैंकको आर्थिक सहायतामा कोभ्याक्स संयन्त्रमार्फत खोप खरिद गरेको हो । उक्त खोपका लागि आवश्यक पर्ने सिरिन्ज चाहिँ सरकारले आफै ल्याउने भएको छ ।

विभागका अनुसार सरकारले आफैले खरिद गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख भने आइसकेको छ । आइतबार चीनबाट  २० लाख खोपको सिरिञ्ज आइसकेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू