अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

क्यामरुनको नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ १० गते ५:५७ मा प्रकाशित

अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना घाइते भएका छन् ।

क्लबमा जलाइएको आतिशबाजीका कारण आगलागी भएको अनुसन्धानबाट खुलेको छ । खाना पकाउने ग्यास भण्डारण गरिएको ठाउँसम्म आगो फैलिएकाले ठुलो मानविय क्षति भएको बताईएको छ । दुताबास र कुटनीतिज्ञहरुको निवास रहेको क्षेत्रमा अवस्थित सो नाइटक्लबमा भएको आगलागीका कारण आसपासका घरहरुमा पनि सतर्कता अपनाईएको थियो ।

आगलागीले पार्किङमा राखिएका दर्जनौ सवारीसाधन नष्ट भएका छन् । आगलागीको समय सर्वसाधारणमा भागदौड मच्चिएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू