अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

नेपालविरुद्ध खेल्न मरिससको फुटबल टोली आइपुग्यो काठमाडौं, माघ १५ र १८ गते दशरथ रंगशालामा खेल हुने

बिआरटीनेपाल २०७८ माघ १० गते ५:४९ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि अप्रिकी राष्ट्र मरिससको टोली सोमबार काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

हिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मारिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ ।यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मोरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए ।

नेपालसँग हुने खेल मरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा लिएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ । टोलीको कोरोना परिक्षणपश्चात् मात्र अभ्यासको अनुमति दिने एन्फाको तयारी रहेको छ । कोभिड मापदण्ड अन्र्तगत मरिससको टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाडौं आइपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू