अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

मछिन्द्र क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७८ माघ १० गते ५:४६ मा प्रकाशित

मछिन्द्र क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा सोमबार भएको क्वाटरफाइनलमा साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हराउँदै मछिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।मछिन्द्रका लागि मेसुके ओलोमोउले दुई तथा उत्सव राई र अविशेक गुरुङले एक–एक गोल गरेका थिए । संकटाका गणेश हमालले एक गोल फर्काएका थिए ।

खेलको १२औँ मिनेटमा मछिन्द्रका उत्सव राईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ४७औँ मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । तर ६३औँ मिनेटमा संकटाका गणेशले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि ८४औँ मिनेटमा अविशेकको गोलसँगै ३–१ गोलले अघि बढेको मछिन्द्रका लागि मेकुकेले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ गोलको सानदार जित दिलाए ।

अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । ए डिभिजनका ८ सहित १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू