अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

विषम परिस्थितिमा सशस्त्र प्रहरी बलकाे भूमिका प्रशंसनीय : गृहमन्त्री

बिआरटीनेपाल २०७८ माघ ९ गते ६:५४ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्वार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।सशहस्त्र प्रहरी बल नेपालको २१ औँ  स्थापना दिवस समारोहलाई सम्बाेधन गर्दै उहाँले उक्त शसस्त्र प्रहरीकाे कार्य प्रशंसनीय भएकाे बताउनुभएकाे हाे ।

उहाँले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपिएफ अस्पतालमार्फत सङ्क्रमितहरुको उपचारमा पुर्याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गर्नुभयो ।गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिनुभयो ।

सो क्रममा उहाँले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू