अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेकोे बेलायतको आरोप

बिआरटीनेपाल २०७८ माघ ९ गते ६:१२ मा प्रकाशित

रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाउनु भयो । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतको अनुमान छ । रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहोर्याउदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई बेतुकको संज्ञा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू