अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको १२ खेल लामो विजयी यात्रामा पूर्णविराम

बिआरटीनेपाल २०७८ माघ ९ गते ६:१० मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीको १२ खेल लामो विजयी यात्रामा पूर्णविराम लागेको छ । सम्पन्न पछिल्लो खेलमा सिटीलाई साउथ ह्याम्पटनले १–१ गोलको बराबरीमा रोकिएको हो । साउथ ह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीका वाल्कर–पिटर्सले पहिलो गोल गरेका हुन् । दोस्रो हाफमा सिटीका ल्यापोर्तेले एक गोल फर्काएपछि खेलमा बराबरी भएको हो ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई १–० ले हराएको हो । म्यान्चेस्टर युनाइटेडका लागि मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । गएराति भएका अन्य खेलमा एस्टन भिल्लाले एभर्टनलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले ब्रेन्टफोर्डमाथि २–१ को तथा न्युकासल युनाइटेडले लिड्स युनाइटेडमाथि १–० को जित निकालेको हो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २३ खेलबाट ५७ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । दुई खेल कम खलेको लिभरपुल ४५ अंकसहित दोस्रो स्थानमा रहँदा ४४ अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू