अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

मनाङ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

बिआरटीनेपाल २०७८ माघ ९ गते ६:०७ मा प्रकाशित

मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुबै गोल गरेको थियो ।ओलावाले म्यान अफ दि म्याचबाट पुरस्कृत भए । अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस भने बाहिरिएको छ ।

यसअघि एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया