अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि, सङ्क्रमण दर ३७ प्रतिशत

बिआरटीनेपाल २०७८ माघ ९ गते ५:५६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार ४ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै २४ घण्टामा १ हजार ४ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या ८ लाख २१ हजार ६ सय ९९ पुगेको छ ।

यही अवधिमा ४ जना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ हजार ६ सय ५५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ । यीमध्ये २ सय १५ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै ५ सय जनाभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या १५ पुगेको छ । नेपालमा केही हप्तायता कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू