अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

काेराेनाका कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीको बिहे रद्द

बिआरटीनेपाल २०७८ माघ ९ गते ५:५३ मा प्रकाशित

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो कोभिड–१० ९कोरोना भाइरस० को ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ । उहाँले नियमित पत्रकार सम्मेलनमा आज आइतवार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ ।‘मेरो बिहे अगाडि बढ्ने छैन’, उहाँले पत्रकारहरूलाई भन्नुभयो । प्रधानमन्त्री अर्डर्नले यस्तै अवस्थामा परेकाहरूसँग माफी माग्नुभएको छ ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ अहिलेलाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत उहाँले दिनुभएको छ । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । अहिले विश्वभर नै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको छ । यसलाई लिएर स्वास्थ्य मापदण्डसहित मास्क र स्यानिटाइजरको प्रयोग गर्न डब्ल्यूएचओ, यूएन लगायतले आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू