अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

मिस वर्ल्डको फिनालीमा मिस नेपाल नम्रतालाई पनि बोलाइयो, ४० सुन्दरीले मात्र भाग लिने

बिआरटीनेपाल २०७८ माघ ८ गते ८:०८ मा प्रकाशित

कोरोनाभाइरस महामारीले रोकिएको विश्व सुन्दरी प्रतियोगिता ९मिस वर्ल्ड०को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागिता जनाउन पाउने भएका छन् । मिस वर्ल्डले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि नै सेमिफाइनलमा पुगेका र निर्णायकले छनौट गरेका २५ सहित ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइने भएको छ ।

उक्त सूचीमा हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि हुनुुहुन्छ। नम्रतालाई हेड टु हेड च्यालेन्जबाट मात्र छानिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू