अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसियुमा उपचार जारी

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:५९ मा प्रकाशित

भारतकी चर्चित गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । संक्रमणपछि अस्पताल भर्ना हुनुभएकी उहाको को अवस्थामा सुधार भएको तरपनि उहाँ अस्पतालको इन्टेन्सिभ केयर युनिट अर्थात् आइसीयूमा नै रहने अस्पतालले जानकारी दिएको छ । हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकरमा संक्रमण देखिएको थियो । त्यसपछि उहाँलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।

लता मंगेशकरको स्वास्थ्यको विषयमा पछिल्लो जानकारी दिँदै ब्रीच क्यान्डी अस्पतालका असोसिएट प्राध्यापक डाक्टर प्रतीत सामदानीले समाचार एजेन्सी पीटीआईलाई भन्नुभएको छ, ‘उहाँको स्वास्थ्यमा सुधार छ । उहाँआइसीयूमा हुनुहुन्छ । उहाँ कति दिनसम्म अस्पतालमा भर्ना हुनुहुनेछ भनेर जानकारी दिन मुश्किल छ ।’

लता मंगेशकरको परिवारसँग नजिक अनुषा श्रीनिवासन अय्यरले गायिकाको स्वास्थ्यमा सुधार आएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू