अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

भारतको मुम्बईमा २० तले भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु, २८ घाइते

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:२८ मा प्रकाशित

भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो । ६ जनाको ज्यान गएको र २८ जना घाइते भएका इन्डिया टुडेले जनाएको छ । घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको छ । १३ दमकल तथा सातवटा पानीका जेटले आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू