अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

कोरोना महामारी कम नभएसम्म जनपरिचालको जिम्मा अध्यक्ष प्रचण्डलाई दिने माओवादी निर्णय

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:१७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिaटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको पनि नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताउनु भयो । नेता महराले बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरुको रायअनुसार कानूनविद्हरुसँग छलफल गरेर निस्कर्षमा पुग्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू