अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

इरान, रुस र चीनद्धारा हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:४८ मा प्रकाशित

इरान, चीन र रुसले उत्तरी हिन्द महासागरमा शुक्रवार संयुक्त सैन्य अभ्यास गरेका छन् । इरानका सशस्त्र बल र रिभोल्युसनरी गार्ड्सहरूले २०२२ मरिन सिक्योरिटी बेल्ट नामक अभ्यासमा सहभागिता जनाएको इरानका रियर एड्मिरल मोस्तफा ताजोलदिनीले जनाकारी दिनुभयो । अभ्यासका क्रममा उनीहरूले बलिरहेको जहाजबाट मानिसलाई उद्धार गर्ने, अपहरणमा परेको जहाजलाई मुक्त गर्ने र रातको समयमा आकाशमा रहेको लक्ष्यलाई हान्ने काम गरेका छन् । ।

सैन्य अभ्यास शुक्रवार बिहानबाट शुरू भएको हो । यी तीन देशहरूले सन् २०१९ देखि संयुक्त जलसैन्य अभ्यास ओमान सागर तथा हिन्द महासागर क्षेत्रमा गर्न थालेका हुन् । गत जुन महिनामा पदभार सम्हालेदेखि इरानका राष्ट्रपति इब्राहिम रईसीले लूक ईस्ट नीति अन्तर्गत चीन र रुससँगको सम्बन्धलाई गहिरो बनाउन खोज्नुभएको छ । गत सेप्टेम्बर महिनामा इरान शांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य बनेको छ । उक्त संगठनको नेतृत्व रुस र चीनले गरेका छन् ।

इरानका परराष्ट्रमन्त्री होसेन अमिराब्दोल्लाहियान गत साता चीन भ्रमणमा जानुभएको थियो भने इरानी राष्ट्रपतिले मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू