अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

बेलायतले युक्रेनका छिमेकी मुलुकमा आफ्ना थप सैनिक पठाउने, रुसी आक्रमण रोक्ने प्रयास

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:४४ मा प्रकाशित

युद्धका लागि तम्तयार रहेका सयौं बेलायती सैनिकहरू युक्रेनका छिमेकी मुलुकमा तैनाथ गरिन सक्ने बताइएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै सैनिकहरूलाई तैनाथ गर्न लागिएको छ ।एस्टोनिया, लाट्भिया, लिथुएनिया र पोल्यान्डमा पश्चिमी सैन्य संगठन नेटोका सैनिकहरूको उपस्थिति बढ्नेछ । नेटोका सदस्यहरूले उक्त क्षेत्रमा सैन्य संख्या बढाउने भनेपछि यो निर्णय लिइएको हो ।

एस्टोनियामा बेलायतका ८३० सैनिक छन् भने ट्यांक, सेल्फ प्रोपेल्ड आर्टिलरी, एयर डिफेन्स लगायतका हतियार पनि छन् । तीन सयभन्दा बढी फ्रान्सेली सैनिकहरू पनि त्यहाँ जोडिन सक्छन् । पोल्यान्डमा पनि १४० जना बेलायती सैनिकहरू नेटोको फर्वार्ड प्रिजेन्स मिसन अन्तर्गत तैनाथ छन् । युक्रेनमा १०० जना जति बेलायती सैनिक छन् । लायतको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा बेलायतको उपस्थिति बढाउन सकिने विषयमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू