अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:२२ मा प्रकाशित

आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्सनलको मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लिभरपुलका लागि दुबै गोल पोर्चुगिज खेलाडी डिएगो योटाले गरे । खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यस्तै, ७७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

यसैगरी, खेलको ९० औं मिनेटमा थोमस पार्टेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको अवस्थामा गएरातिको जितसँगै लिभरपुल समग्रमा २–० ले विजयी भयो । लिभरपुलले अब फाइनलमा चेल्सीको सामना गर्नेछ । फाइनल खेल वेम्बले रंगशालामा फेब्रुअरी २७ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू