अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:०१ मा प्रकाशित

भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ ।

भारतमा झण्डै ८ महिनापछि करिब साढे ३ लाख संक्रमित भेटिएका हुन् । त्यस्तै, २ लाख ५१ हजार ७ सय ७७ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या भने २० लाख १८ हजार ८ सय २५ पुगेको छ । हाल भारतमा कोरोनाको दैनिक संक्रमण दर १७.९४ रहेको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ सय ३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ८८ हजार ३ सय ९६ पुगेको छ । अहिलेसम्म भारतमा ९ हजार ६ सय ९२ मा ओमोक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू