अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ ७ गते ४:५१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १० लाख नाघेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख ९६ हजार ५ सय ८४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा १ लाख १० हजार ७ जना गरी कूल १० लाख ६ हजार ५ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय ६६ जना निको भएका छन् । थप ३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ६५ हजार ३ सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू