अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

टी–२० विश्वकप क्रिकेट तालिका सार्वजनिक, भारत र पाकिस्तान अक्टुबर २३ मा भिड्दै

बिआरटीनेपाल २०७८ माघ ७ गते ४:४० मा प्रकाशित

अस्ट्रेलियामा यसैवर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ । पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । प्रतियोगिताको सुपर १२ को खेलहरू भने अक्टोबर २२ तारिखबाट सुरु हुनेछ र पहिलो खेलमा आयोजक अष्ट्रेलियाले न्यूजिल्यान्डको सामना गर्नेछ । सुपर १२ अन्तर्गतको समूह ‘एक’मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्यूजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।

यता समूह ‘दुई’मा भने बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् । समूह ‘दुई’ अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच मेलवर्न क्रिकेट ग्राउन्डमा अक्टुबर २३ तारिखमा हुनेछ ।प्रतियोगिताको पहिलो सेमिफाइनल सिड्नी क्रिकेट ग्राउन्डमा नोभेम्बर ९ तथा दोस्रो सेमिफाइनल एडिलेड ओभलमा नोभेम्बर १० तारिखमा हुनेछ । फाइनल भने मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू