अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

पाकिस्तानको ब्यस्त व्यापारिक भवनमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु, २२ घाइते

बिआरटीनेपाल २०७८ माघ ६ गते ७:२० मा प्रकाशित

पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीवार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन् ।लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भन्नुभयो, “प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ ९टाइम वम० भएको बुभिएको छ ।”

पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विस्फोटमा एक बालक सहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ । आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू