अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

प्रिमियर लिग-म्यान्चेस्टर युनाइटेड र टोटनह्याम विजयी

बिआरटीनेपाल २०७८ माघ ६ गते ७:०१ मा प्रकाशित

इंग्लिस प्रिमयर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् ।गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराएका हुन् । म्यान्चेस्टर युनाइटेडका एन्थोनी इलांगा, मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गर्दा ब्रेन्टफोर्डका इभाँ टोनेले एक गोल फर्काए ।

गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले लेष्टर सिटीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । टोटनह्यामका स्टेभेन बर्जविनले इन्जुरी समयमा दुई गोल गरेपछि लेष्टर सिटी पराजित भएको हो । खेलमा लेष्टरका लागि प्याट्सन डाका र जेम्स म्याडिसनले एक एक गोल गरेका थिए । टोटनह्यामको लागि भने ह्यारी केनले पहिलो गोल गरेका हुन् । इन्जुरी समयको पाँचौ र सातौं मिनेटमा डच खेलाडी बर्जविनले गोल गरेपछि टोलीले रोमाञ्चक जित निकाल्यो ।

गएरातिको खेलपछि टोटनह्याम प्रिमियर लिगको अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । म्यान्चेस्टर सिटी, लिभरपुल, चेल्सी र वेष्ट ह्याम युनाइटेड शिर्ष चारमा रहेका छन् ।

प्रतिक्रिया