अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

टी–ट्वान्टी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

बिआरटीनेपाल २०७८ माघ ६ गते ६:४५ मा प्रकाशित

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहीबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

पहिला छानिएका ३० मध्ये अहिले १६ जना छनाेट भएका हुन् ।टिममा प्रदीप ऐरी, जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक स्थान बनाएका छन् । यस्तै, विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् ।

नेपालले टी–ट्वान्टी विश्वकप छनोटमा सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू