अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

लोक सेवा आयोगका परीक्षा माघ मसान्तसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७८ माघ ६ गते ६:२५ मा प्रकाशित

लोक सेवा आयोगले लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरू माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएकोमा हालका लागि स्थगित गरिएको बताउनुभयो ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी आयोगको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सङ्गठित संस्थाका परीक्षाहरू पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरू पनि हाललाई स्थगित भएका छन् । देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरूमा पनि सङ्क्रमण पुष्टि भएपछि आयोगले परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू