अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

सरकारसँग पर्याप्त सिटामोल छ – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७८ माघ ५ गते ७:०३ मा प्रकाशित

सरकारले हाल नेपालमा सिटामोल लगायतका औषधिको अभाव नभएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हाल बजारमा हल्ला भएजस्तो सिटामोलको अभाव नरहेको र तत्कालका लागि कुनैपनि औषधिको अभाव नभएको स्पष्ट पार्नुभयो ।

पथलैयामा रहेको औषधि भण्डारण केन्द्रमा १० लाख र सरकारी फार्मेसीहरूमा एक करोडभन्दा बढी सिटामोल भण्डारणमा रहेको डा. अधिकारीले जानकारी दिनुभयो ।

साथै कुनैपनि सरकारी अस्पतालमा सिटामोल अभाव भए नेसनल औषधि लिमिटेडसँग सिधै खरिद गर्न र अन्य ठूला अस्पतालहरूलाई पनि आवश्यक औषधिको जोहो गर्न निर्देशन दिइसकिएको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू