अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

पुनः वार्तामा बस्न रुसलाई नेटोको आह्वान

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:५७ मा प्रकाशित

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनको संकटका बिषयमा वार्ता गर्न रुसलाई पुनः आह्वान गर्नुभएको छ । रुसले भने आफ्नो सुरक्षा चासो र मागहरु पश्चिमा जगतले पूरा नगनरेसम्म थप वार्ताको कुनै तुक नभएको जवाफ दिएको छ ।जर्मनीको बर्लिनमा पत्रकारहरुसंग कुरा गदै स्टोल्टेनबर्गले युक्रेन बिरुद्धको सैन्य आक्रमण रोक्नका लागि पश्चिमा राष्ट्रहरुसंग समन्वय गरिरहेको जनाउँदै रुसलाई वार्ताका लागि आह्वान गरिएको जानकारी दिनुभयो । कुुनै पनि सैन्य दुर्घटना नहोस भन्नेमा नेटो सचेत रहेको भन्दै उहाँले युक्रेन माथिका शर्तहरु भने मान्य नहुने प्रष्ट पार्नुभयो ।

यसअघि, अमेरिकाले युक्रेनलाइ नेटो गठबन्धनमा राख्न नहुने रुसी माग अस्वीकार गरेपछि वार्तामा गतिरोध आएको हो । नेटो काउन्सिल र रुसबीच भएको वार्तामा रुसले आफ्ना छिमेकी देशहरुमा तैनाथ नेटो सैनिक र हातहतियार फिर्ता गर्नुपर्ने शर्त राखेको थियो । तर नेटोले त्यसलाई अस्वीकार गरेपछि वार्ता विफल भएको हो ।यसैबीच रुसले युक्रेनी सीमानामा आफ्ना सैनिकको संख्या बढाएको छ । पूर्वी सिमानामा सैनिक तैनाथ गर्दै आएको रुसले युक्रेनलाई तीन तिरबाट सैनिक घेरामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू