अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

प्रिमियर लिग– चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:५६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको उपाधि सम्भावना झन्झन् कमजोर बन्दै गएको छ ।पछिल्लो समय खराब लयमा रहेको चेल्सीलाई गएरातिको खेलमा ब्राइटनले १–१ गोलको बराबरीमा रोक्यो ।

खेलमा चेल्सीको लागि हकिम जियकले पहिलो गोल गरे । तर, ब्राइटनका एडम वेब्सटरले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि चेल्सीले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँग दुरी घटाउने अवसर गुमाएको छ । २२ खेलबाट सिटीको ५६ अंक छ । लिभरपुलले २१ खेलबाट ४५ अंक जोड्दा २३ खेल खेलिसकेको चेल्सीको ४४ अंक मात्रै छ ।

प्रतिक्रिया